Breaking News :

पछिल्लो २४ घण्टाकाे काेराेना अपडेट

मुलुकमा थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । भने ९ सय १८ जना निको भएर घर फर्किएका छन् ।                                                                                                                                                                           स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ । भने २४ घण्टामा देशभरबाट ९ सय १८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

निको हुनेको यो प्रतिशतमा कुल ६८ दशमलव ८ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार २५ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय ८० रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ रहेको छ भने ७ हजार ९ सय ८८ पुगेको छ ।  भने २४ घण्टामा देशभर ११ हजार ६ सय ६७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण भएको छ ।

 

merokhabarsathi

Read Previous

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

Read Next

“हामी खाना खुवाउछौ” अभियानमा चितवनका विभिन्न क्लवहरु सक्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram