भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल हाे। छलफलमा आगामी बस्ने स्थायी कमिटी बैठकको एजेण्डाहरु तय गरिएकाे बताइएकाे छ ।
दुई अध्यक्षबीच तिक्तता सृजना भएकाले पार्टीमा संकट आएपछि त्यसको सवाधानका लागि नेकपामा कार्यदल गठन गरिएको थियो । सो कार्यदलको गठनपछि दुई अध्यक्षबीचको असमझदार अन्त्य भएको बताइदै आएको छ । तर कार्यदलले प्रतिबेदन दुई अध्यक्षलाई बुझाएपनि परिमार्जन गर्नुपर्ने केहि नेताहरुको माग छ ।
यसअघि भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदन परिमार्जको जिम्मा समेत दिएको थियो ।
सचिवालयको सुझाव अनुसार नै प्रतिवेदन परिमार्जन गरिनुपर्ने कतिपय नेताहरुको सुझाव छ । गत साउन १३ गते बस्ने भनेर तय भएको नेकपा बैठक कोरोना कहर र बाढी पहिरोले मुलुकमा पारेको असरका कारण बस्न सकिरहेको छैन ।