Breaking News :

घाेषणामा मात्र सडक मानवमुक्त महानगर, भोका जनता थाल थाप्दै नारायणी किनारमा

तस्बिरमा देखिएकाे दृश्य हाे सहयोगापेक्षी, वेसाहारा, अभिवाक विहिन सडक मानव मुक्त महानगर घाेषणा भइसकेको भरतपुर महानगरपालिकाकाे। गत वर्ष कात्तिक ९ गते नै चितवनकाे भरतपुर महानगरपालिकाले नेपालकै पहिलाे सहयोगापेक्षी, वेसाहारा, अभिवाक विहिन सडक मानव मुक्त महानगर भएकाे घाेषणा गरिसकेको छ। तर अहिले सडक हेर्न हाे भने नाम मात्रकाे घाेषणा देखिन्छ। यति बेला चितवनमा निषेधाज्ञा छ । भने सडकमा बेसहारा र भोकाको संख्या बढ्दै गएको छ । भरतपुरका मुख्य क्षेत्र निषेधाज्ञाका कारण सुनसान भए पनि नारायणगढको नारायणी नदीकिनारमा केही दिनयता बिहानदेखि मानिसहरूको चहलपहल देख्न सकिन्छ ।         कोरोना संक्रमणको उच्च जोखिममा रहेको चितवनमा बिहानैदेखि सडकमा देखिने ठूलो समूह सडक मजदुर र बेसहारा बालबालिका हुन् । निःशुल्क खाना खान पाउने आशामा भोकले भाैँतारिँदै उनीहरू नारायणी नदि किनार सम्म आइपुग्छन्। 

कोरोना संकटसँगै भएको सबैतिरको बन्दाबन्दी र निषेधाज्ञाले ज्यालादारी गरेर जीविका चलाउन नपाउँदा बिचल्ली भएका मजदुरहरूले १८ दिनदेखि दैनिक रूपमा नारायणी नदि किनारमा एक छाक खाना खाँदै आएका छन् । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले यहाँ दैनिक साढे दुई सयभन्दा बढी बेसहारा, बेबारिसे तथा दैनिक ज्यालादारी गर्नेलाई निःशुल्क खाना खुवाउदै आएको छ । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले ५ भदौदेखि नारायणी नदीकिनारमा सुरु गरेको कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आइरहेको केन्द्रका अध्यक्ष सीता कुवरले बताउनुभयाे। कुँवरले हतार गरेर भरतपुर महानगरले सडक मानवमुक्त घाेषणाकाे र घाेषणा गरेर मात्र नहुने बताउनुभयो। “ याे समयमा सबै भन्दा धेरै पिडित बेवारिसेहरु छन्। नउनिहरुकाे घर छ न काेहि छ। मागेर खान पनि मुस्किल छ।´´ भन्दै कुँवरले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारलाई यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो। 

खाना खान आउनेमध्ये धेरैजसो सहयोगापेक्षी, वेसहारा, अभिभावकविहीन सडक मानव र कोठाभाडा तिर्न नसकेर कोठा छाडेकाहरू रहेको र निषेधाज्ञाले सबै भन्दा धेरै बेवारिसेहरुलाई असर गरेकाे सस्थाको उपाध्यक्ष प्रकाश थापाले बताउनुभयो। थापाले रोगले भन्दा भोकले मान्छे मर्ने अवस्था सिर्जना नहोस भनेर बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले खाना खुवाउदै आएकाे र निषेधाज्ञा भरि खाना खुवाउने बताउनुभयो। 

आयोजकले भौतिक दूरी कायम गर्दै खाना खानुअघि अनिवार्य साबुनपानीले हात धुनुपर्ने नियम बनाएको छ । खाना खानेहरु दुई मिटर दूरी कायम गरेरे खानाखान बस्ने गर्दछन्। चर्को घाम होस् वा मुसलधारे पानी, नदीको किनार छेउमा आज्ञाकारी बालकजस्तै चप्पल, झोला ओछ्याएर लहरै बस्ने मान्छेहरू महामारीको भय र निषेधाज्ञाको कानुनबीच पनि एकछाक खानाको लागी उनिहरु भोलीको प्रतिक्षामा हुन्छन् । तर तामझामको साथ सहयोगापेक्षी, वेसाहारा, अभिवाक विहिन सडक मानव मुक्त महानगर घाेषणा गरेर चर्चा कमाएकाे महानगरकाे भने त्यस तर्फ ध्यान पुगेकाे छैन।       

merokhabarsathi

Read Previous

चितवनका ३३ जना र अन्य जिल्लाका १० जना गरी आज ४३ जनामा कोरोना पुष्टि

Read Next

अन्नपूर्ण चिनी मिलले अझै तिरेन उखु किसानको पैसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram