Breaking News :

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आज (आइतबार) विहान ८ः०३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

छातीमा समस्या भइ ती पुरुष भदौं १२ गते उपचारका लागि चितवन मेडिकल कलेजमा पुगेका थिए । उनको भदौं १३ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनको अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवनका १२ जना पुगेका छन् ।

merokhabarsathi

Read Previous

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

चितवनका ३३ जना र अन्य जिल्लाका १० जना गरी आज ४३ जनामा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram