Breaking News :

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका ३० र नवलपुर र कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन् । जसमा १० वर्षीय बालकदेखि ६६ वर्षसम्मका १८ जना पुरुष र १० वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका ११ जना महिला रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नंं.२, ३, ५, ६, ७, ८, ९, १०, १३, २२, १८ र २१ का बासिन्दा हुन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब संकलन गरिएको हो । भने पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि चितवन बाहिरका नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । भने कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

merokhabarsathi

Read Previous

चितवनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram