Breaking News :

चितवनमा निषेधाज्ञा ३१ गते सम्म थप, केही खुकुलो बनाउँदै

चितवनमा भोलिदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

यससंगै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । चितवनमा संक्रमण दर अझै बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय भएको शर्माले जानकारी दिए ।

चितवनमा पहिलोपटक साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वीचितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिका समेत निषेधाज्ञा जारी गरिएको थियो । पछि थपिएको साता निषेधाज्ञाको बेला माडी नगरपालिकामा समेत निषेधाज्ञा थप गरिएको थियो ।

merokhabarsathi

Read Previous

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

Read Next

चितवनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram