Breaking News :

रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जनामा कोरोना पुष्टि, बिहानदेखि केन्द्र सिल

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिनुभयो । पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने जानकारी दिनुभयो । तत्काल रगत चाहिने बिरामी प्रभावित भएका छन् ।रासस

merokhabarsathi

Read Previous

नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी २८६ युनिट रगत सङ्कलन

Read Next

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram