भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा थप ४८ जनामा काेराेना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले गएराती सार्वजनिक गरेकाे विवरण अनुसार चितवनका ४१ जना सहित ४८ जनामा काेराेना संक्रमण देखिएको हो।
भरतपुर महानगरपालिकाका ३९ , रत्ननगर र राप्ती का एक/एक जना गरि चितवनको ४१ जना र नवलपरासीका ३ जना, धनुषा, रुपन्देही, सिराहा र बाराका ४ जना गरि चितवनमा ४८ जनामा कोरोना देखिएको हो।
भरतपुर ल्यावमा परिक्षण गरिएका २८५ नमुना मध्य ३५ जनाकाे काेराेना पाेजेटिभ देखिएको छ । भने भरतपुर काेभिड ल्यावले धुलिखेल प्रयाेगशालामा पठाएको स्वाब मध्ये चितवनका १३ जनामा काेराेना पाेजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।