Breaking News :

चितवनमा थप २९ जनामा कोरोना पुष्टि, चितवनका मात्र १९ जना

चितवनमा थप २९ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणका क्रममा चितवनका १९ सहित २९ जनामा कोरोना पुष्टि भएको हो ।

चितवनको भरतपुर महानगरपालिकाको विभिन्न वडाका ९ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ । उनिहरु २५ देखि ५७ वर्ष सम्मका उमेर समुहका छन्।               

रत्ननगरको वडा नम्बर १ को ३२ र ३७ बर्षिय दुईजना पुरुष , वडा नम्बर २ को ५३ बर्षिय एक महिला , वडा नम्बर १० को ६६ बर्षिय एक पुरुष , वडा नम्बर १४ को ३१ बर्षिय एक पुरुषमा , खैरहनीको वडा नम्बरको २ को ४१ बर्षिय एक परुष , वडा नम्बर ४ को २९ बर्षिय एक महिला , वडा नम्बर १३ को ३८ बर्षिय एक पुरुष , राप्ती नगरपालिका वडा नम्बर १ को ४६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै मकवानपुरको एक पुरुष र एकजना महिला , नवलपुरको दुई पुरुष , दुई महिला , कैलालीको एक महिला र रुपन्देहीको एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

merokhabarsathi

Read Previous

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

Read Next

चितवनमा निर्माणाधिन आकाशे पुलमा झुण्डीएर एकजनाले गरे आत्महत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram