Breaking News :

चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज (मंगलबार) विहान २ः५२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिएका छन् । ती पुरुषलाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि भदौं १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो । सघन कक्ष मा राखेर उपचार गरिएको उनमा हिजो (सोमबार) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै चितवनमा मृत्यु हुने मकवानपुरका मात्रै चार जना पुगेका छन् ।

merokhabarsathi

Read Previous

चितवनमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

Read Next

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram