Breaking News :

चितवनमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

फाइल फाेटाे

चितवनमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका उनीहरुको सोमबार दिउँसो २ घण्टाको बीचमा मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भईसकेपछि नमुना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । भने मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र सुस्ता पूर्ब नवलपारासीका १÷१ जना रहेका छन् ।

merokhabarsathi

Read Previous

चितवनमा माछा पोखरीमा राखिएको तारमा करेन्ट लागेर २ जनाकाे मृत्यु

Read Next

चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram