भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ८ का अन्दाजी ३५ बर्षिय नवराज दराई र अन्दाजी ३५ बर्षकै निर बहादुर रानामगर रहेका छन् । स्थानिय चुडामडी शर्मा लगाएतले संचालन भरतपुर ८ सल्यानी टोलमा गरेको माछा पोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुर्य थापाले जानकारी दिनुभयो ।
दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक वयान दिएको उहाँले बताउनुभयो । मृतकहरुको साथमा जाल समेत भेटिएको छ । शवको मुचुल्का उठाउने काम भइरहेको र परीक्षणका लागि भरतपुर अस्पताल ल्याइने थापाले बताउनुभयो ।