Breaking News :

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

फाइल फाेटाे

चितवनमा कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुरका ७८ वर्षीय पुरुषको आज (सोमबार) विहान मृत्यु भएको हाे। अस्पताल स्रोतले बताएअनुसार ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

यो संगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भई सकेको छ । मृत्यु हुनेमा चितवनका ६ जना रहेका छन् । जस मध्ये एक जनाको घरमानै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र सुस्ता पूर्ब नवलपारासीका १÷१ जना रहेका छन् ।

merokhabarsathi

Read Previous

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु

Read Next

चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्टै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram