Breaking News :

चितवनका २९ जना सहित थप ४३ जनामा कोरोना पुष्टि

चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा भरतपुर महानगरपालिकाको वडा नम्बर १५,७,११,१२,६,१०,१४,२,१८ र ४ का १७ जना पुरुष र १० जना महिला रहेका छ्न । संक्रमितहरु महिला २१ देखि ८० बर्ष र पुरुषहरु ४ बर्षका बालक देखि र ५७ बर्ष उमेर समुहका रहेका छन् । भने रत्ननगर नगरपालिका वडा नम्बर ७ का एक जना ७९ बर्षका महिला लाई संक्रमण देखिएको छ । र थप संक्रमितहरुमा खैरहनी नगरपालिका वडा नम्बर ८ र ९ का १जना पुरुष र १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु २४ बर्षका पुरुष र ४९ बर्षका महिला रहेका छ्न ।

त्यस्तै तनहुँका २ महिला , झापाका २ महिला , पुर्वि नवलपरासीका एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैगरि सर्लाही , दाङ , धनुषाका ३ पुरुष र पाचथर , सप्तरी , कास्की , सुर्खेत , बाग्लुङ र बाराका एक एक जना महिलामा संक्रमण देखिएको हो ।

merokhabarsathi

Read Previous

चितवनमा गरिएको परिक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा काेराेना पुष्टि

Read Next

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram