Breaking News :

‘भरतपुर एक बगैंचा’ कार्यक्रम समापन महानगरलाई हराभरा र समृद्ध बनाइने

नारायण सापकोटा, चितवन- भरतपुर महानगरपालिकालाई हरियाली, समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित ‘भरतपुर एक बगैँचा’ कार्यक्रमको आज शनिबार समापन भएको छ । 

गत जेठ १४ गते वृक्षारोपण दिवसको अवसर पारेर भरतपुर महानगरपालिका वडा नं ११ र १२ का सामुदायिक वनमा वृक्षारोपण गरी सञ्चालन भएको उक्त कार्यक्रम भरतपुर महानगरपालिका वडा नं ४ यज्ञपुरीको आधारभुत विद्यालयमा फलफूलका बिरुवा रोपेर समापन भएको हो ।

‘भरतपुर एक बगैंचा’ कार्यक्रमका संयोजक एवम् वाग्मती प्रदेशका माननीय संसाद विजय सुवेदी र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उक्त विद्यालय परिसरमा फलफूलका बिरुवा रोपेर पहिलो चरणको कार्यक्रम समापन गर्नुभएको हो ।

समापन कार्यक्रममा बोल्दै ‘भरतपुर एक बगैंचा’ कार्यक्रम संयोजक एवम सासंद विजय सुवेदीले भरतपुर महानगरपालिकालाई हराभरा र समृद्ध बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको जानकारी दिदैँ पहिलाको चरणको कार्यक्रममा सम्पन्न गर्न सहयोग गर्ने वे ग्रुप लगायत सबैलाई धन्यवाद दिनुभयो । विरुवा रोप्ने काम सम्पन्न भएपनि हुर्काउने विषयमा पनि सबैको साथ र सहयोगको आवश्यकता रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको लागि ६५ हजार विरुवाको माग भएपनि हालसम्म २१ हजार ५ सय ६५ विरुवा मात्र विरुवा वितरण गर्न सकिएको र दोस्रो चरणमा माग अनुसारका विरुवा वितरण गरिने वे ग्रुपका अभियन्ता एवम् भरतपुर एक बगैँचा’ कार्यक्रमका विरुवा वितरण एवम् व्यवस्थापन समितिका संयोजक विजय सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको लागि पहिलो चरणमा निम, अमला, बर्रो, कागती,आँप,लिची,जामुन,चिउरी,कटहर,अनार, एभोकार्डो, धूपी,बेल लगायतका बिरुवाहरु वितरण गरिएको र भरतपुर महानगरपालिका,कृषि ज्ञान केन्द्र,जिल्ला वन कार्यालय, चुरे (तराई मधेस) संरक्षण केन्द्रको सहयोगमा विरुवा वितरण गरिएको वे ग्रुप नेपालका सचिव जीवन खरेलले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ वडाध्यक्ष हरिप्रसाद आचार्य, वडा नं ५ का वडाध्यक्ष पदमपाणि सुवेदी, वे ग्रुप नेपालका अभियन्ताहरु, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष,टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
वाग्मती प्रदेशका माननीय सभासद् विजय सुवेदीको संयोजकत्वमा सञ्चालित ‘भरतपुर एक बगैंचा’को पहिलो चरणको कार्यक्रम ‘ महानगरपालिकाका वडा नं १,२,४,५,७,१०,११,१२ र १६ मा सञ्चालन भएको थियो । आगामी दिनमा भरतपुर महानगरपालिकाका सबै वडा सञ्चालन गर्दै जाने योजना रहेको छ।

merokhabarsathi

Read Previous

प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न चितवन प्रहरीको आग्रह

Read Next

चितवनमा गरिएको परिक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा काेराेना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram