Breaking News :

प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न चितवन प्रहरीको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले लागु गरेको निषेधाज्ञा कार्यान्वयनका क्रममा भोलि देखि संञ्चालनमा आउन लागेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न जिल्ला प्रहरी कार्यलय चितवनले अनुरोध गरेको छ ।

प्रशासनले बैंक तथा वित्तिय संस्थामा काम गर्ने कर्मचारी हिंडेरै कार्यालय जानु पर्ने तथा सेवाग्राही पनि हिंडेरै जानु पर्ने बताएको थियो । प्रशासनको यस्तो निर्णयको सामाजिक सन्जालमा आलोचना भइरहेको छ । हिंडेर जान सम्भव नहुने भन्दै सामाजिक सन्जालमा आलोचना भइरहेकै बेला प्रहरीले बैंक जान सवारी प्रयोग बारे नयाँ व्यवस्था गरेको छ । 

बैंक तथा वित्तीय संंस्था जानका लागि सवारी साधन प्रयोग नगरी नहुने अवस्था भए प्रहरीसँग समन्वय गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक डिएसपी सुर्य बहादुर थापाले आग्रह गर्नुभयो ।

डिएसपी थापाका अनुसार वृद्ध वृद्धा, अशक्त, अपांगता भएका ब्यक्तीहरु तथा ठुलो परिणाममा रकम लैजादा ल्याउदा जिल्ला प्रहरीको कार्यालयको परिचालन कक्ष तथा नजिकको प्रहरी कार्यालयसँग समन्वय गरेर सुरक्षाका लागि सवारी प्रयोग गर्न सकिनेछ । अन्य अवस्थामा भने सवारी साधन प्रयोग गर्न नपाईने प्रहरीले जनाएको छ ।                                                                            यस क्रममा ड्युटीमा खटिएका प्रहरी कर्मचारीबाट असहज परिस्थिती सृजना भए अथवा केही गुनासो भए सिधै सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न पनि डिएसपी थापाले आग्रह गर्नु भएको छ ।

merokhabarsathi

Read Previous

सिएमसिमा कोरोनाबाट थप एक महिलाको मृत्यु

Read Next

‘भरतपुर एक बगैंचा’ कार्यक्रम समापन महानगरलाई हराभरा र समृद्ध बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram