Breaking News :

सिएमसिमा कोरोनाबाट थप एक महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा थप एक जना महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ कि ४९ वर्षिया महिलाको उपचारका क्रममा आज विहान ७ः५५ वजे मृत्यु भएको हो ।

मृगौलाको समस्याका कारण यहि साउन २७ गते अस्पताल भर्ना भएकी उनलाई भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ती मध्ये चितवनका ४ जना, कैलालीका १ जना, मकवानपुरका ४ जना र गोरखाका १ जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना संक्रमणका कारण घरमानै मृत्यु भएको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा थप एक साता निषेधाज्ञा, बैंक आलोपालो खुल्ने

Read Next

प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न चितवन प्रहरीको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram