भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेकाे बैंककले भदौं १९ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।
कोरोना संक्रमणकाे जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो।प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज (शुक्रबार) राति १२ बजेदेखि सकिदैछ । यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ ।
अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई आलोपालो संचालन गर्ने दिने निर्णय गरिएको छ। दैनिक केही घण्टा मात्रै भए पनि बैंक संचालन गर्ने प्रशासनले तयारी गरेको छ ।