Breaking News :

भरतपुर अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु

चितवनमा कोरोना भाइरस संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत ३८ वर्षीय पुरुषको मृत्युु भएकाे हाे।

गोरखा आबुखैरहनी–१३ निवासी पुरुषकाे दिउँसो २ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए । ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौं ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

भदौं १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई कोभिड आइसीयूमा स्थानान्तरण गरिएको थियो । यही क्रममा उनमा निमोनिया देखिएपछि अवस्था गम्भिर बनेको थियो । उनलाई आज मात्रै भेन्टिलेटरको सहायतामा उपचार गर्दै गर्दा दिउँसो मृत्यु भएको डा.पौडेलले जानकारी दिए ।

योसंगै चितवनमा आज एकैदिन तीन जना संक्रमितको मृत्यु भएको छ । यसअघि आज विहान चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा–१९ की ७१ वर्षीया महिला र श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर–२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

merokhabarsathi

Read Previous

विनोद चौधरीमा कोरोना पुष्टि

Read Next

अन्तराष्ट्रिय स्तरको शिक्षा दिने अंकुरम एकेडेमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram