भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनकाे पुष्पाञ्जली अस्पतालमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको आज विहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेले जानकारी दिनुभयो । डा. पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको जनाइको छ । ती पुरुष लामोसमय देखि फोक्सोको दमको बिरामी रहेको डा.पाण्डेले जानकारी दिए ।
भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि आज विहानै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की एक महिलाको पनि मृत्यु भएको थियो । याे सगैं चितवनमा काेराेना बाट मृत्यु हुनेकाे सख्यां ८ पुगेकाेछ। जिल्ला भित्र कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ भने अन्य एक जना कैलाली र तीन जना मकवानपुरका रहेका छन् ।