Breaking News :

सिएमसिमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्युु

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा-१९ कि ७७ वर्षिय महिलाको आज विहान मृत्यु भएको हाे।

स्वाशप्रश्वास सम्बन्धि समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज विहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यस संगै चितवनका बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । जिल्ला भित्र कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ भने अन्य एक जना कैलाली र तीन जना मकवानपुरका रहेका छन् ।

merokhabarsathi

Read Previous

स्वस्फूर्त नागरिक समाजको कार्यक्रममा प्रहरीको हस्तक्षेप

Read Next

पुष्पाञ्जली अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram