भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन। नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ लाई पुन नियुक्तीको माग गर्दै चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रम लाई प्रहरीले रोकेको छ । निषेधाज्ञाको जारी रहेको अवस्थामा कुनै पनि कार्यक्रम गर्न नपाईने भन्दै प्रहरीले कार्यक्रम संचालनमा रोक लागएको हो । विहान ७ बजे कार्यक्रम संचालन गर्न भनि केही युवाहरु भरतपुरको चौबिसकोठीमा राष्ट्रिय झण्डा सहित पुगेको भएपनि निषेधाज्ञाको कारण देखाउदै प्रहरीले उनीहरु लाई कार्यक्रम संचालन गर्न रोकेको हो । प्रहरीले कार्यक्रमका लागी ल्याईएको ब्यानर समेत खोसेको छ । सहभागी युवाहरु र प्रहरी बिच केही बेर बिबाद समेत भएको थियो । कार्यक्रम स्वस्फूर्त नागरिक समाज चितवन जिल्ला समितीले आयोजना गरेको थियो ।