Breaking News :

चितवनमा एकैदिन ५२ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा एकैदिन ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका ४५ र तनहुँका २ जना, पूर्वी नवलपरासीका ३ जना र सर्लाहीका २ जना गरी ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार राति संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १८ जना, रत्ननगर नगरपालिकाका १८ जना रहेका छन् । यस्तै माडी नगरपालिकाका ९ जना रहेका छन् ।

यस्तै तनहुँको देवघाट र भानुका गरि २ जना, पूर्वी नवलपरासीको गैंडाकोटका १, मध्यविन्दुका २ जना गरी ३ जना, सर्लाहीको इश्वरपुरका १ र हरिपुरका १ गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

merokhabarsathi

Read Previous

सिएमसिमा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना पुष्टि

Read Next

स्वस्फूर्त नागरिक समाजको कार्यक्रममा प्रहरीको हस्तक्षेप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram