भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँका एक जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै रत्ननगरका १४ जना, माडीका ९ जना, भरतपुरका २ जना र तनहुँका एक जना रहेका छन् ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा रत्ननगर नगरपालिका–४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन् । यस्तै माडी नगरपालिकामा ५ महिने बालकसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा माडी नगरपालिका–६ र ७ का ५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यस्तै भरतपुर महानगरपालिका वडा नं.७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला रहेका छन् ।
त्यस्तै तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।