Breaking News :

भरतपुर अस्पतालबाट भागेका काेराेना संक्रमीत नुवाकोटमा भेटिए

भरतपुर अस्पतालमा उपचाररत एकजना काेराेना संक्रमित भागेकाे १ दिन पछि फेला परेकाे छ। फरार संक्रमीत नुवाकोटमा फेला परेका हुन।

प्रहरीको अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष मंगलबार बिहान ५ बजे अस्पतालबाट भागेको थिए। भागेको १ दिन पछि उनलाइ नुवाकोट जिल्ला बेलकोटगढि वडा न ५ स्थित नेपाल प्रहरी को चेकिङ को क्रममा १० :३० बजे फेला पारेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले बताए। उनलाई नुवाकोटको आइसोलेसनमा राख्ने तयारी भइरहेेेेकाेे छ।

केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको थियो। उनी अस्पतालकाे सुरक्षाकर्मी अन्य काममा गएकाे माैका छाेपि फरार भएका थिए ।

merokhabarsathi

Read Previous

चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि

Read Next

लियो कल्व र युथ गल्स क्लवको संयुक्त आयोजनामा व्यवसायिक फुलखेति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram