Breaking News :

चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि

चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जना संक्रमण पुष्टि भएको छ । पुरुषहरु ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरु ८ वर्षीया बालिकादेखि ५४ वर्ष सम्मका रहेका छन् । उनीहरु भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडाका हुन् । भने पूर्वीचितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु रत्ननगर–१, ६ र १३ नम्बर वडाका हुन् । खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण देखिएकाे हाे ।

चितवनका मात्रै ४० जना संक्रमित थपिएसंगै चितवनमा संक्रमितको संख्या ४ सय नाघेको छ ।

merokhabarsathi

Read Previous

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

Read Next

भरतपुर अस्पतालबाट भागेका काेराेना संक्रमीत नुवाकोटमा भेटिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *