Breaking News :

पाेष्टमार्टम गर्न पर्ने बाहेकका शव आफैं व्यवस्थापन गर्न भरतपुर अस्पतालकाे आग्रह

भरतपुर अस्पतालले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेका छन् ।

कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएका व्यक्तिको शव मेडिकल कलेजहरुले भरतपुर अस्पतालको शव गृहमा पठाउने गरेका छन् । यसले शव व्यवस्थापन र संक्रमणको जोखिम बढेको भन्दै भरतपुर अस्पतालले शवको व्यवस्थापन आफैं गर्न मेडिकल कलेजहरुलाई भनेको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले सुचना जारी गर्दै नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापन आफैं गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेका हुन् । पोस्टमार्टम गर्नुपर्ने शवमात्रै भरतपुर अस्पताल पठाउन चितवनका दुई ठूला मेडिकल कलेजलाई भरतपुर अस्पतालले सूचनामार्फत अनुरोध गरेको छ ।                 

merokhabarsathi

Read Previous

भरतपुर अस्पतालमा उपचाररत काेराेना संक्रमित ७ घण्टा देखि वेपत्ता, जिल्लामा थप कडाइ

Read Next

चितवनमा थप ३१ जनामा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *