Breaking News :

भरतपुर अस्पतालमा उपचाररत काेराेना संक्रमित ७ घण्टा देखि वेपत्ता, जिल्लामा थप कडाइ

फाइल फाेटाे

भरतपुर अस्पतालमा उपचाररत एकजना काेराेना संक्रमित युवक ७ घण्टा देखि वेपत्ता छन। वेपत्ता संक्रमीतको खोजी कार्य भइरहेको भएपनि अहिलेसम्म भेट्न नसकिएको जिल्ला प्रहरी कार्यलय चितवनले बताएको छ।

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज मंगलबार बिहान ५ बजे भागेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । संक्रमीत व्यक्ति भागेर घर गएर बसेका छन् कि भनेर घर जादा पनि नभेटिए पछि उनको खोजिमा थप समस्या नहाेस् भनेर जिल्लामा निषेधाज्ञा थप कडाइ गरिएको थापाले बताएका छन्।

त्यहाँ रहेका बिरामीका अनुसार उनी चार देखि साढेचार बजेसम्म अस्पतालमै थिए । उनी अस्पतालकाे सुरक्षाकर्मी अन्य काममा गएकाे माैका छाेपि भागेका हुन । उनी प्रहरी बसेकाे मूलगेट भन्दा अर्कै स्थानबाट भागेकाे अस्पतालले जनाएकाे छ । उनकाे खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

भरतपुर अस्पतालकाे आइसाेलेसनबाट एकजना संक्रमित भागे

Read Next

पाेष्टमार्टम गर्न पर्ने बाहेकका शव आफैं व्यवस्थापन गर्न भरतपुर अस्पतालकाे आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *