भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ७५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १८ हजार ८ सय ६ पुगेको छ ।
त्यस्तै, हालसम्म ११ हजार २ सय ७५ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा १३ हजार ७ सय १५ जना छन् ।
देशभर पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण हुँदा कुल ६ लाख १० हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण भएको छ ।