Breaking News :

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, ८ भदौ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका-३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट पक्राउ गरेको हो ।

पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

merokhabarsathi

Read Previous

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Next

सञ्चारकर्मीको निःशुल्क पिसीआर गर्न महासघंकाे सरकारलाई आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *