भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर ११ ले कोरोना (कोभिड १९) रोकथाममा अग्रपंतिमा रहेर काम गर्ने वडाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मान गर्न सबैमा आग्रह गरेको छ । पार्टी अध्यक्ष प्रकाश आचार्यद्धारा जारी विज्ञप्ती मार्फत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र यो कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा काम गर्ने सबैलाई साथ दिन आग्रह गरिएको हो ।
विज्ञप्तीमा भनिएको छ, “सुरक्षा र सजगता अपनाउँदा समेत वडामा दैनिकजसो कोरोना संक्रमितको विरामीको संख्या बढ्दै जाँदा हामी चिन्तित छौं, संक्रमणको अवस्था भयावह हुन नदिन सबै गम्भिर बनौं ।” “समाजमा कोही कसैलाई कोरोना (कोभिड १९) को संक्रमण भइहाले अपमान र हेलाको व्यवहार नगरी सर्तकताका साथ आफैले सुरक्षाको विधि अवलम्बन गर्नु आजको आवश्यकता हो, विज्ञप्तीमा भनिएको छ ।” नेकपा ११ ले कोरोना संक्रमित पार्टीका संगठित सदस्य, शुभेच्छुक र शुभचिन्तकको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।