एकै कार्यक्रममा पुगेका काँग्रेस नेता देउवा र पौडेल विच भनाभन
कोरोना भाइरस काेभिड-१९ बाट संक्रमण हुनेको संख्या बढ्दै गएपछि भोलि शनिबारदेखि भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा गर्ने भएको छ। आज शुक्रबार महानगरपालिकामा भएको छलफलबाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भएको छलफलबाट एक हप्तासम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो।
निषेधाज्ञा जारी भएसँगै महानगर क्षेत्रभित्र सार्वजनिक यातायात पूर्णरूपमा ठप्प हुनेछ भने उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गरिनेछ। कलकारखाना सञ्चालनको लागि कारखानाभित्रै बस्नेहरूबाट मात्रै सञ्चालन गर्न पाइने उद्योग संघका अध्यक्ष राजु पौडेलले जानकारी दिए। निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने छ। त्यो पनि स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर मात्रै सञ्चालन गर्न पाइने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने उनले बताएका छन्।