Breaking News :

वीरगञ्जमा कोरोना संक्रमित बढ्दै, उपचारकाे लागि ठाउँ अभाव

आरोहण शाह,वीरगञ्ज-

वीरगञ्जमा दिनहुँ कोरोना संक्रमित थपि रहदा संक्रमितको उपचारका गर्न ठाउँनै अभाव हुन थालेको छ ।संक्रमित बढेसंगै अस्पतामका ठाउँ नभएपछि कति संक्रमितहरु घरमै रहने अवस्था छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेट गरी राख्न तथा उपचार गर्न लक्षण भएका विरामीहरुलाई कोभिड अस्पतालमा र अन्यलाई आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका छन ।

स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी होम आइसोलेसनमा बस्ने सुविधा दिइएकोमा धेरैजसो ठाउँमा तोकिएका आधार र मापदण्ड पुरा नभएको र संक्रमित व्यक्तिहरू स्वयं पनि अनुशासित भएर घरमै बस्नुको सट्टा घरबाहिर निस्किएर संक्रमण फैलाउने जोखिम बढेपछि होम आइसोलेसनको सट्टा सामुदायिक आइसोलेसन सेन्टरको मोडललाई जोड दिएर थप २८१ बेड क्षमताका सामुदायक आइसोलेसन सेन्टर संचालन गर्ने गरिएका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए । उनको अनुसार बीरञ्ंजको घरिअर्वामा रहेको गोपाल मण्डली धर्मशालामा १ सय ११ बेड, होटल रानीपोखरीमा ५० बेड, राणी सती धर्मशालामा ६० बेड र सिद्धार्थ मा.वि. मा थप ६० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । पर्सामा कोरोना संक्रमित बढदै गएपछि वीरगंञ्जको होटल र धर्मशालालाई आइसोलेसन बनाउन थालिएको छ ।

पर्सा जिल्लामा पिसिआर चेकजाँचलाइ तिव्रता दिइएसँगै कोभिड १९ संक्रमित पुष्टि हुनेहरूको संख्या बढ्दै गएको छ । यसैगरी, जिल्लामा बढ्दो संक्रमणसंगै संक्रमितहरुको उचित व्यवस्थापनको लागि कोभिड विशेष अस्पताल गण्डक र वीरगञ्ज हेल्थकेयर पर्याप्त नभएकोले कम्तीमा ३ सय बेडको लागि नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालय र केन्द्रीय सड्ढट व्यवस्थापन समितिसंग अनुरोध गरेको छ ।

merokhabarsathi

Read Previous

नारायणी अस्पताल संचालनको माग गर्दै विरगञ्जमा प्रदर्शन, अस्पताल देखि गाडि सम्म ताेडफाेड

Read Next

सेनाकाे कुटपिटबाट मृत्यु भएकाेे राजकुमार चेपाङकाे परिवारलाई लायन्स र लियाेले दियाे खाधान्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *