Breaking News :

नारायणी अस्पताल संचालनको माग गर्दै विरगञ्जमा प्रदर्शन, अस्पताल देखि गाडि सम्म ताेडफाेड

आरोहण शाह,वीरगञ्ज-

वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैयावासीले नारायणी अस्पताल संचालनको माग गर्दै प्रदर्शन गरेका छन । बिहानदेखी अस्पताल गेट अगाडी प्रदर्शनमा उत्रिएका छपकैयावासीलाई ठुलो संख्यामा प्रहरी खटेर अस्पतालको गेटदेखी दक्षिण तर्फ सारेको छ ।

वीरगञ्ज वडा नं २ छपकैया निवासी २० वर्षिय युवतिको शुक्रवार राती दश बजेदेखी उपचारको लागि वीरगञ्जको नारायणी अस्पताल देखि सबै निजी अस्पतालमा लगेको तर उपचार नभएरै शनिवार बिहान २ बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएपछि स्थानिय आक्रोशित भएका छन । मृतक युवतिको हिजो गरिएको पिसिआर परिक्षणबाट आज पोजेटिभ रिर्पाेट आएको छ । छपकैयावासीले अझै पनि विरामी उपचार अभावले ज्यान गुमाउन नपरोस भन्दै अस्पताल संचालनको माग गरेका हुन । नारायणी अस्पतालको लापरवाहीका कारण समयमा उपचार नभएकोले लगातार केही दिन देखि पर्सा जिल्लामा अकालमै मृत्यु हुँदै आइरहेको छ । जीवन दीनेको यस्तो कार्य देखेर आज मृतकका परिवार लगाएत वीरगञ्जका युवाहरुले ‘ डाक्टर चोर वीरगञ्ज छोड, जस्तै नाराका साथ नारायणी अस्पताल घेराउ गरी प्रदर्शन गरेको छन् ।

प्रदर्शनकारीले मेडिकल सुपरीटेन्ड विरुद्ध नारावाजी पनि गरेका छन । अस्पताल अगाडि तोडफोड र घेराउ गरेको जानकारी पाइएको छ । प्रदर्शनकारीले एउटा डाक्टरको निजी गाडीको सिसा फुटाइदिएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । नारायणी अस्पतालका सबै सेवा सुचारुका लागि उनीहरुले माग गरेका छन ।

merokhabarsathi

Read Previous

माडी नाम परिवर्तन गर्न प्रधानमन्त्रीको आग्रह, जनप्रतिनिधि सकारात्मक

Read Next

वीरगञ्जमा कोरोना संक्रमित बढ्दै, उपचारकाे लागि ठाउँ अभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *