Breaking News :

माडी नाम परिवर्तन गर्न प्रधानमन्त्रीको आग्रह, जनप्रतिनिधि सकारात्मक

साउन २५,माडी-
हिजो माडी नगरपालिकाको टिम र प्रधानमन्त्री बिच माडी नगरपालिकाको नाम परिवर्तन गर्ने बारे सहमती भएको छ। हिजाेे  प्रधानमन्त्री केपि ओलि सङको भेटवार्तामा साबिकको अयोध्यापुरी गाविस अहिले एउटा वडामा सीमित भएको र नगरपालिकाको नामै अयोध्यापुरी नराखेर माडी राखिएको विषयबाट भएको थियो । त्यसलाई कुनै संकोचविना नै प्रधानमन्त्रीले त्यसको नाम परिवर्तन गरिहालौं न भनेर प्रस्ताव गर्नुभएको थियो ।

सँगै रहेका नगरप्रमुख र उपप्रमुखले स्वीकृति स्वरूप मुन्टो हल्लाए । लगत्तै प्रमुख ढकालले अयोध्यापुरीभन्दा अयोध्या राख्न प्रस्ताव गरे । पछि रामायणमा पनि धेरै ठाउँमा अयोध्यापुरी भन्ने नाम उल्लेख भएकोले अयोध्यापुरी नै राख्ने सहमति भयो ।

अब यथाशीघ्र नगरप्रमुखले बैठक बोलाएर माडी नगरपालिकाको नाम अयोध्यापुरी राख्नको लागि पहल सुरु गर्नेगरी यो विषयलाई टुंगो लगाइएको छ।

merokhabarsathi

Read Previous

वीरगञ्ज थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Read Next

नारायणी अस्पताल संचालनको माग गर्दै विरगञ्जमा प्रदर्शन, अस्पताल देखि गाडि सम्म ताेडफाेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *