Breaking News :

वीरगञ्ज थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आरोहण शाह,वीरगञ्ज-

वीरगञ्ज थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परीक्षणमा भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हाे।

शनिबार राति संक्रमण हुनेमा १५ जना महिला रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाकारी दिनु भयो । उनको अनुसार संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका रहेका छन भने बाकी पर्साका रहेका हुन । संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण देखिएको हो ।

शनिबार राति ७५ जनामा पुष्टि हुनेमध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ जना प्रहरी रहेका छन । संक्रमितमध्ये ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षणसमेत देखिएको छ । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । पैसा तिरेर परीक्षणका लागि आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका बासिन्द रहेका छन ।

७ जना संक्रमित वीरगञ्जको गणेश टोलका बासिन्दा हुन् । पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३ जना पुरुष, विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीका ३ जना , पकहामैनपुरु गाँउपालिकाका २ जना रहेका छन भने बहुदरमाइ नगरपालिकाका , पर्सागढी नगरपालिका र पटेर्वा सुगौली गाँउपालिकाका १÷१ जना रहेका छन ।

merokhabarsathi

Read Previous

गर्मीमा छालाजन्य रोगबाट बच्न चिकित्सकले दिए यस्ता सुझाव

Read Next

माडी नाम परिवर्तन गर्न प्रधानमन्त्रीको आग्रह, जनप्रतिनिधि सकारात्मक

Leave a Reply

Your email address will not be published. Required fields are marked *