Breaking News :

चितवनमा प्रहरी र थुनुवा सहित ८ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जना र बाहिरी जिल्लाका २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ६ वर्षीय बालक, वडा नं.४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार पुरुष र एक महिला रहेका छन् । जसमध्ये एक जना प्रहरी र एक जना थुनुवा समेत रहेका छन् । यस्तै संक्रमित महिला भने चितवन मेडिकल कलेजमा उपचाररत थिइन् ।

बाहिरी जिल्लाका मध्य सुर्खेत पिठगाउँ–२ का २२ वर्षीय प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुर गैंडाकोट नगरपालिका–१५ का ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टिनमा बसेका थिए ।

merokhabarsathi

Read Previous

पहारिलोटारमा खानेपानीको पाएप विस्तारका क्रममा भत्किएको स्थानीय वृद्दा को घर मर्मत

Read Next

गर्मीमा छालाजन्य रोगबाट बच्न चिकित्सकले दिए यस्ता सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *