एकै कार्यक्रममा पुगेका काँग्रेस नेता देउवा र पौडेल विच भनाभन
एकै परिवारका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि चितवनको नारायणगढ क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय वृद्धका छोरा र बुहारीमा पनि कोरोना पोजिटिभ देखिएपछि संक्रमितको घर रहेको पुतलीबजार क्षेत्र सिल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाका अनुसार पुतलीबजार क्षेत्र आज ५ बजे बाट अर्को सूचना नाआउदा सम्मको लागि सिल गरिएको हो । उनीहरू भरतपुर महानगरपालिका–१ पुतलीबजार क्षेत्रका स्थायी बासिन्दा हुन् । संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको डिएसपी थापाले बताए ।