Breaking News :

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जना पक्राउ

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

merokhabarsathi

Read Previous

कसैले मास्क नै लगाउन्न, कसैले चिँउडाेमा लाउछन्

Read Next

चितवनका गाईमा नयाँ रोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *