Breaking News :

चितवन माविमा लायन्स र लियोकाे वृक्षारोपण

चितवन माध्यमिक विद्यालय परिसरमा लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट तथा लियो क्लब अफ माउन्ट एभरेष्टको संयुक्त आयोजनामा शुक्रबार वृक्षारोपण गरिएको छ। भरतपुर-१०मा रहेकाे साे विद्यालयमा भएको खाली जग्गामा बिरुवा लगाइएको हाे।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टेरनेशनल  ३२५ बि टु का डिस्ट्रिक्ट कोडिनेटर  कमल प्रसाद श्रेष्ठले वृक्षारोपण विश्व वातावरण बचाउने राम्रो अभियान भएको बताउदै उहाँले  वृक्षारोपणका साथै समयसमयमा रोपेका विरुवाको गोडमेल र सुरक्षा पनि आवश्यक रहेको बताउनुभयाे।

विद्यालय क्षेत्रमा बहुउपयाेगी हुने अमला , बेल , जामुन , अर्जुना लगाएतका करिब ३० वटा विरुवा रोपिएको लियो क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष उमेश थापाले बताउनुभयो।

कार्यक्रममा ३२५ बि टु का जोन चियर पर्सन मेघराज कडेल , लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका चार्टर्ड प्रेसिडेन्ट लायन पुरन थापा मगर लगाएत क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो । लियो सीता सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रम लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष गोबिन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

merokhabarsathi

Read Previous

फोर्ब्स कलेजद्वारा प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी अभिमुखीकरण

Read Next

कसैले मास्क नै लगाउन्न, कसैले चिँउडाेमा लाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *