Breaking News :

पर्सा जिल्लामा बिहीबार मात्रै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

आरोहण शाह
वीरगन्ज १६ साउन : पर्सा जिल्लामा बिहीबार मात्रै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ५६ बर्षीय भरतीया सहित ३५, र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । मृत्यु हुनुमा २ जना अस्पतालमा मृत्यु भएका छ भने एक जना घरमै मृत्यु भएको हो ।

उपचारकै क्रममा २ जनकाे मृत्यु

वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए । शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका उपचारकै क्रममा बिहिवार राति साढे ११ बजे मृत्यु डा.सिंहले जानकारी दिए । मृत्यु भएका जगदम्बा इन्टरप्राइजेजका सीईओ भारतीय नागरिक हुन् ।
यसअघि वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी साँझ पौने ८ बजेतिर मृत्यु भएको डा. सिंहले जानकारी दिए । ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भए । त्यहाँबाट सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा.सिंहले बताए ।

घरमै मृत्यु भएकाा एक जनामा पनि कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा बिहान घरमै मृत्यु भएका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो । बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा.सिंहले बताए जानकारी दिए ।

merokhabarsathi

Read Previous

अब विद्यालयलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने सरकारकाे निर्णय

Read Next

फोर्ब्स कलेजद्वारा प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी अभिमुखीकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *