Breaking News :

निर्मला हत्या प्रकरण :अनुसन्धानका क्रममा पक्राउ परेका आठ प्रहरीलाई सफाइ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरीलाई अदालतले सफाइ दिएको छ।

आज बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको इजलासले मुद्दा झेलिरहेका प्रहरीलाई सफाई दिन आदेश दिएको हो।  उनीहरुलाई निर्मलाकी आमा दुर्गा देवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी दिएकी थिइन्।

घटना अनुसन्धान गरेका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।

merokhabarsathi

Read Previous

वीरगञ्जमा २ वर्षिय बालिकासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

अब विद्यालयलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने सरकारकाे निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *