Breaking News :

वीरगञ्जमा २ वर्षिय बालिकासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा २ वर्षिय बालिकासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा २ वर्ष देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनको अनुसार मगंलबार राती प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमध्ये ५ जना बालबालिका र १० जना महिला रहेका छ । कोरोना पुष्टि हुनेमा नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना र वाकि क्वारेन्टइनमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको उनले बताए ।

merokhabarsathi

Read Previous

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

Read Next

निर्मला हत्या प्रकरण :अनुसन्धानका क्रममा पक्राउ परेका आठ प्रहरीलाई सफाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *