Breaking News :

मृगौला पिडित कमला भन्छिन् “सहयोग पाए बाच्ने थिए”

चितवन । दुवै मृगौला फेल भएर उपचार गराउन चरम आर्थिक समस्या भएपछी भरतपुर महानगर ६ केशरबाग बस्दै आएकी कमला तामाङ्गले सहयोगको याचना गरेकी छन् ।

करिव ४ बर्ष देखि मृगौलामा समस्या देखिएर निरन्तर डायलिसिस गराउदै आएकी तामाङ्गले उपचारका लागी आवस्यक खर्च समेत नभएको बताएकी हुन्। “हप्तामा २ पटक डायलिसिस गर्नु पर्छ, १ पटक डायलिसिस गर्दा ४÷५ हजार खर्च हुन्छ, बन्दा बन्दीको कारण सवारी साधन नहुदाँ झनै खर्च बढेको छ ।” उनले भनिन, “घरको अवस्था निकै नाजुक छ । श्रीमानले विदेशमा बसेर कमाएको पैसाले जेनतेन उपचार गराइरहेकी छ ु। अहिले झन् समस्या थपिदै गयो।” कमलाका श्रीमान बिगत १ दशक देखि खाडी मुलुक मलेसियामा पसिना बगाउदै आइरहेका छन् । “४ बर्ष अगाडी छोरी जन्माएको १५ दिन पछि मृगौलामा समस्या भएको थाहा भयो । त्यसपछि चितवनको चितवन मेडिकल कलेजमा डायलिसिस गराउदै आएकी छु।” कमलाले गहभरि आशु बनाउदै भनिन, “श्रीमानले जसो तसो कमाएको पैसाले उपचार गराउदै आएकी थिए, कोरोनाले उहाँको काम पनि बन्द छ रे ! रोगी मान्छे भनेर हेला भएकी छु।” उनका श्रीमान कृष्ण तामाङ्ग सहित ४ दाजुभाई छन्। परिवारमा सासु ससुरा सहित जेठानी र उनि बस्दै आएकी छन्। उनकी ४ बर्षीय छोरी समेत छन् । भरतपुर ६ केशरबागको नवज्योति टोल सुकुमबासी बस्तीमा बस्दै आएकी कमलाले मृगौला डायलिसिस गर्न आर्थिक क्षमता नभएका कारण सहयोग गरिदिन आग्रह गरेकी हुन् ।

यसै बीच मृगौला पिडित कमला तामाङ्गलाई इजरायलबाट ५० हजार सहयोग भएको छ । इजरायलमा बैदेशिक रोजगार गर्दै आएकी भरतपुर ७ कृष्णपुरकी गायत्री गुरुङ्ग र भरतपुर ६ कि सावित्री अधिकारीको सक्रियतामा सहयोग प्राप्त भएको हो। सहयोग रकम भरतपुर ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले पिडित तामांङ्गलाई हस्तान्तरण गरे।

पिडित तामांङ्गलाई सहयोग गर्न मोबाइल नं ९८०६८७९९७२ मा सम्पर्क गर्न सक्नु हुनेछ।

merokhabarsathi

Read Previous

माडीमा चेपाङको घरमा होइन, मचानमा आगो लगाइएको हो:वनमन्त्री

Read Next

देवघाट गाउँपालिकालाई सिटि हल हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *