Breaking News :

माडीमा चेपाङको घरमा होइन, मचानमा आगो लगाइएको हो:वनमन्त्री

चितवन। माडीको कुसुमखोलामा चेपाङ बस्तीमा नभई मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको वनमन्त्री शक्ति बस्नेतले बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा मन्त्री बस्नेतले बस्तीमा आगो नलगाइएको दाबी गरेका हुन् ।

उनले भने, त्यहाँ ११ घर मात्रै थिए । स्थानान्तरण भएकामध्ये कतिपयले मोटरसाइकलमा गएर दिनभर मचानमा बसेर मकै हेर्ने गरेको पाइयो । निकुञ्जले त्यसमै आगो लगाएको हो । मचानमा आगो लगाउनुका साथै गोठ भत्काइएकोसमेत उनले बताए ।

मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव नेतृत्वको टोली पठाएको पनि उनले समितिलाई जानकारी दिए । सहसचिवको नेतृत्वमा गएको टोलीको प्रारम्भिक विवरणअनुसार मचानमा मात्र आगो लगाएको उनले समितिलाई बताएका थिए । आगलागी भन्दै सार्वजनिक भएको फोटो कुसुमखोलाको नभएकोसमेत बस्नेतले बताए ।

merokhabarsathi

Read Previous

सेनाको कुटपिटबाट चितवनमा एक युवाको मृत्यु

Read Next

मृगौला पिडित कमला भन्छिन् “सहयोग पाए बाच्ने थिए”

Leave a Reply

Your email address will not be published. Required fields are marked *