Breaking News :

भरतपुर-१६को सय घर डुबानमा, प्रहरीले रेस्क्यु गरि स्थानान्तरण गर्दै

नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिकाकाे विभिन्न स्थान डुबानमा परेकाे छ । वडा नं. १६ का लगभग १ सय घर डुबानमा परेकाे जिल्ला प्रहरी कार्यलय प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले बताउनुभयो।

थापाका अनुसार डुबानमा परेका वासिन्दालाई प्रहरीले रेस्क्यु गरी स्थानान्तरण गरि रहेको छ। भने कुनै मानवीय क्षति भएको छैन।

नदीको वहाव बढ्दै गएकाले नदी किनारका वासिन्दालाई सतर्क रहन प्रशासनले आव्हान गरेको छ । नारायणी नदीको सतह खतराको सूचीभन्दा माथि रहेको छ । वर्षा भईरहेकोले नारायणी अझै बढ्न सक्ने देखिएको छ ।

merokhabarsathi

Read Previous

माडीमा अयाेध्या र भगवान् रामकाे बारे खाेजि हुन थाल्यो

Read Next

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *