Breaking News :

भरतपुरमा आज वेवरिसे अवस्थामा भेटिएको शवको सनाखत

चितवन। भरतपुरमा आज वेवरिसे अवस्थामा भेटिएको शवको सनाखत भएको छ। भरतपुर-१० स्थित मैयाँदेवी कन्या क्याम्पस अगाडि चितवन माविको जग्गामा मृत अवस्थामा भेटिएको शव भरतपुर नारायणगढ क्षेत्रमा सामान्य मजदुरी गर्दै आएका भरतपुर-२१ शिवनगरका ४१ वर्षका राजकुमार गुरूङ रहेको चितवन प्रहरीले पुष्टि गरेको हो।

भरतपुर नारायणगढ क्षेत्रमा सामान्य मजदुरी गर्दै आएको बुझिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका हुन्। मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखेर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रवक्ता थापाले बताए।

merokhabarsathi

Read Previous

पर्साका मास्क नलगाई हिड्ने १०७ जना प्रहरी नियन्त्रणमा

Read Next

सरकारले छाेटाे दुरिकाे सार्वजनिक यातायात सञ्चालन गर्न दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *