Breaking News :

पर्साका मास्क नलगाई हिड्ने १०७ जना प्रहरी नियन्त्रणमा

आरोहण शाह, वीरगञ्ज-

कोरोना भाइरसको महामारीका बेला बिना माक्स हिड्ने मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार आज १०७ जनालाई नियन्त्रणमा लिएको मध्य १४ जनाको आर्थिक कमजोर रहेकोले सम्झाई बुझाइ गरेर माक्स लगाएर पठिइएको बताए ।

अन्य ९३ जनालाई संक्रमण नियन्त्रण ऐन २०२० अनुसार १०० रुपैयाँ जरिवाना तिरेर अब बिना माक्स हिडडुल नगर्ने सर्तमा जिल्ला प्रशासन कार्यालयमा कागजी प्रकृया पुराएर छाडिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । विरगञ्जमा गाउँ घरबाट सेवा लिन शहर आउने तर माक्स प्रयोग नगरी हिड्ेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिहरुलाई १ घन्टा सचेतना दिएर छोडिएको थापाको भनाइ रहेको छ । कोरोना भाइरसको जोखिम बढेको र न्यूनतम् स्वास्थ्य सुरक्षा सतर्कतासमेत अपनाएको नपाइएको भन्दै प्रशासनले कारवाहि निर्णय गरेको छ । बजार क्षेत्रमा रहेका पसलका सञ्चालक, ग्राहक, मोटरसाइकल, साइकलमा यात्रा गर्नेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्सा प्रशासनले कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन यसअघि जन चेतनामुल्क कार्यक्रम गदै आएको छ ।

पर्सा जिल्लामा १० रुपैयाको मास्क नलगाउने तर १ सय रुपैया जरिवाना तिर्न प्रविधि देखिएको छ । लकडाउन खुकुलो भएपछि वीरगञ्जमा अधिकानस मानिसहरु मास्क लगाउन छाडेका छन । अहिले वीरगञ्ज विभिन्न ठाउँका बजार क्षेत्रमा रहेका पसल, ग्राहकहरुको चाप बढदै गइरहेको छ । सबै स्वस्थ मानिसको लागि मास्क लगाउनु अनिवार्य हुन्छ । सबै देशको सरकार आम जनतालाई मास्क लगाउन प्रोत्साहित गरिरेको छ तर वीरगञ्जमा जरिवाना तिर्नमा व्यस्थ छन ।

जहाँ संक्रमण बढी हुन्छ, त्यहाँकालाई मास्कको प्रयोग अनिवार्य हुन्छ । यसको साथै भीडभाड हुने स्थानमा जस्तै स्टेशन, बस स्टैण्ड, अस्पताल, पसलमा मास्क अनिवार्य छ । जुन स्थानमा संक्रमणको स्तर उचो छ, त्यहाँ सबैलाईे मास्क प्रयोग गर्नुपर्दछ । कोरोनाको कहरमा पर्सा जिल्ला पनि पर्छ तर सर्तकता कमजोर हुदै गइरहेका छ ।

merokhabarsathi

Read Previous

विरगंजमा पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव बजागाजाको साथ मनाए

Read Next

भरतपुरमा आज वेवरिसे अवस्थामा भेटिएको शवको सनाखत

Leave a Reply

Your email address will not be published. Required fields are marked *