Breaking News :

पर्साका संचारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

पर्सा-प्रदेश नं २ अन्तरगत रहेको सामाजिक बिकास मन्त्रालय, स्वास्थय निर्देशनालय सपही धनुषाको आयोजनामा आज पर्साका पत्रकार तथा संचारकर्मीहरुसंग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल मेडिकल एसोशिएसनको सभाहलमा कार्यक्रम भएको हो ।

कार्यक्रमको अध्यक्षता गरेका स्वास्थय निर्देशनालयका प्रमुख मुक्तिनारायण साहले विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रदेश नं २ मा रहेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । प्रदेश नं २ मा कारोना भाईरस दिनप्रतिदिन बढदै गईरहेको अवस्थामा सबैलाई सचेत र सर्तक रहन आग्रह गर्नुभएको थियो । वहाले यस्तो जटिल अवस्थामा पनि पर्साका संचारकर्मीहरुले र्निधक रुपमा आफनो भुमिका निर्वाह गरेकामो संचारकर्मीहरुलाई धन्यवाद समेत दिनुभएको थियो । साथै वहाले कारोना भाईरसबाट मात्र माहामारी फैलने नहुदा अरु रोग जस्तै मलेरिया , कुष्ट रोग, हेपाटाइटिस बी लगायत रोगहरुबाट सर्तक रहन पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा आफनो मन्तब्य राख्दै पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले यस्तो जटिल अवस्थामा पनि संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा सामाजिक विकाश मन्त्रालयलाई धन्यवाद दिनुभएको थियो । वहाले सबै संचारकर्मीहरुलाई सामाजिक दुरी कायमगरी आफनो कामहरु गर्न आग्रह गर्नुभएको थियो ।

merokhabarsathi

Read Previous

मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

Read Next

विरगंजमा पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव बजागाजाको साथ मनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *