Breaking News :

प्रचण्डको गृहजिल्लामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरेका छन् । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा तथा  विद्यार्थीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको चौविसकोठीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड जस्ता नारा नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

उक्त प्रदर्शन भरतपुरको चौविसकोठी देखि चितवन मेडिकल केलज सम्म गरिएको थियो । प्रर्दशनमा ठूलो संख्यामा युवा विद्यार्थीको सहभागिता रहेको प्रदर्शनमा देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने ठाँउमा सरकार विरुद्ध गरिएको षडयन्त्र गर्नु उचित नभएको बताएका छन्।

 

merokhabarsathi

Read Previous

पर्साका पत्रकारलाई विन्दवासनी गाँउपालिकाले दियाे इम्युनिटि पावर बढाउने खानेकुरा र स्वास्थ सामग्री

Read Next

क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *